दफा १५४
यातायात व्यवस्थापन समिति
प्रत्येक क्षेत्रमा चल्ने सार्वजनिक सवारीहरूलाई व्यवस्थितरूपमा सञ्चालन गर्न देहायका सदस्यहरू भएको यातायात व्यवस्थापन समिति गठन गरिनेछः–
(क) प्रमुख जिल्ला अधिकारी (यातायात व्यवस्था कार्यालय रहेको जिल्ला) – अध्यक्ष
(ख) प्रमुख, जिल्ला प्रहरी कार्यालय – सदस्य
(ग) यातायात व्यवसायीहरूको प्रतिनिधि एकजना – सदस्य
(घ) यातायात मजदूरहरूको प्रतिनिधि एकजना – सदस्य
(ङ) प्रमुख, यातायात व्यवस्था कार्यालय – सदस्य–सचिव